+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

तीन दिनदेखि बेपत्ता बालिकाको शव खाल्डोमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १७:१३

२८ मंसिर, विराटनगर । तीन दिनदेखि वेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । मोरङको रंगेली नगरपालिका– २  नहर टोलकी २ वर्षीया बालिका निशा उराउको शव खाल्डोमा फेला परेको हो ।

दुई दिनदेखि बेपत्ता निशाको शव घरदेखि ६० मिटर टाढा पोखरी छेउमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको उनका बाबु चन्द्र उराउले बताए ।

‘आइतबारदेखि खोजिरहेका थियौं तर भेटेको थिएन, हिजो पनि राति १ बजेसम्म बस्यौ,’ उनले भने, ‘बिहानपख भर्खरै खनेको खाडी देखियो, खोतलेर हेर्दा छोरीको कपडा र शव देखेपछि प्रहरीलाई खबर गर्‍यौं ।’

पानीमा डुबेको आशंकामा आइतबार र सोमबार पोखरीमा जाल हानेर पनि खोजिएको थियो । तर मंगलबार घर नजिकै भर्खरै खनिएको खाल्डोमा शव देखिएपछि  बुबा चन्द्रले हत्या गरी खाल्डोमा पुरिएको दाबी गरे ।

बेपत्ता बालिकाको शव भेटिएपछि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?