+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चर्चभित्र मृत भेटिए ९ वर्षीय बालक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १२:१५

४ पुस, बुटवल। बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय हिरामणी न्यौपानेले बताए।

घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?