+
+

एकैदिन ५ लाख बढीले लगाए कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १९:०८
फाइल तस्वीर

१२ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ ।

मन्त्रालयको सोमबारको तथ्यांक अनुसार एकैदिनमा ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन् । दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोना खोप लगाएका छन् ।

दैनिक २ लाख जनालाई खोप लगाउने लक्ष्यका साथ मन्त्रालयले खोप अभियान सञ्चालन गरिरहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको ६८.१ प्रतिशतले कम्तीमा एक मात्रा र ५१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?