+
+

पैसा तिरेको मल समेत चीनमा अड्कियो : कृषि मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १८:१५

१९ पुस, काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पैसा तिरेको मल समेत चीनमा अड्किएका कारण देशैभर रासायिनक मल अभाव भएको दाबी गरेका छन् ।

प्रतिनिधीसभा अन्र्तगत अर्थ समितिमा सोमबार आयोजित छलफलमा मन्त्री यादवले मल बिक्री नगर्ने चिनियाँ नीति र अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण मल अभाव भएको दाबी गरे । मल किन्नका लागि सरकारसंग १५ अर्ब रुपैयाँ बजेट भए पनि पैसा तिरेकै मलसमेत नेपाल भित्र्याउन नपाएको बताए ।

‘मल किन्न सरकारसंग प्रशस्त पैसा तर यहाँ चीनमा पैसा तिरेकै मल समेत नेपाल ल्याउन पाईराखिएको छैन,’ मन्त्री यादवले थपे ‘यो वर्ष मलको उपलब्धतामा चीनको नीति नै भरपर्छ । हामीले कुटनीतिक छलफल पनि गरिरहेका छौं ।’ सरकारसंग देशभर जम्मा १० हजार मेट्रिकटन मात्रै मल मौज्दातमा रहेको पनि उनले बताए ।

अन्तराष्ट्रिय बजारमा मल इन्धनको मूल्य बढ्दा मलको मूल्य चारगुणा बढ्नुले पनि नेपालाई अप्ठ्यारो परेको उनको दाबी छ । ‘कम मूल्यमा ठेक्का पारेका ठेकदारले मूल्य बढेकाकारण मल लयाउन सकेनन्, नयाँ ठेक्का खोल्दा प्रस्तव नै परेन,’ मन्त्री यादवले भने । मल उपलब्ध गराउन सक्ने मुलुकसंग जीटूजीमा मल खरिद वा ठेक्कामा अन्तराष्ट्रिय ठेकदारलाई लागने करको सीमा घटाउन सके केही राहात हुने प्रस्ताव गरे ।

यो वर्ष रासायनिक मलको अभाव चिर्नका लागि किसानलाई जैविक मल उपलब्ध गराउन अनुदान दिन मन्त्रालयले गृहकार्य गरिरहेको पनि उनको दाबी छ । नेपालका लागि रासायनिक मल कारखाना खोल्न अनिवार्य रहेको तर मोडालिटीमा अझै स्पष्ट नभइसकेको मन्त्री यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?