
२८ पुस, सर्लाही । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववीयूले सर्लाहीका विपन्न परिवारका वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
सर्लाहीको चन्द्रपुर गाउँपालिका र हरिवन नगरपालिकाका मुसहर, चमार र दनुवार बस्तीमा न्यानो कपडा वितरण गरिएको अनेरास्वीयू उपत्यका विशेष प्रदेश कमिटीका संयोजक प्रदीप थापाले बताए ।
उनका अनुसार, अनेरास्ववीयूका महासचिव आरती लामा नेतृत्वको टोलीले चन्द्रपुर मुसहर बस्तीका २०० र हरिवन-३ का चमार र दनुवार बस्तीमा ३०० जनालाई न्यानो कपडा वितरण गरिएको छ ।
शीतलहर र चिसोबाट विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका जोगाउन न्यानो कपडा वितरण गरिएको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4