+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीपी प्रतिष्ठानको पदाधिकारीको हैसियतमा काम गर्न डा. यादव धरानमा, भोलिदेखि काममा लाग्ने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको हैसियतमा काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादव सोमबार धरान पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते २०:३४

१० माघ, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको हैसियतमा काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादव सोमबार धरान पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयले डा. यादवलाई प्रतिष्ठानमा जिम्मेवारी दिनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को निर्णयले डा. यादवलाई प्रतिष्ठानको अस्पताल र ऐकेडेमीको आर्थिक तथा प्रशासनिक क्षेत्र जिम्मेवारी दिएको छ । तत्काल उपकुलपति डा. ज्ञानेन्द्र गिरी लगायतका अन्य पदाधिकारीलाई काममा रोक लगाएको छ ।

डा. यादवले धरान पुगेलगत्तै ऐकेडेमी तर्फको विभिन्न विभाग र प्रतिष्ठान शुद्धिकरण अभियानमा लागेका कर्मचारी छलफल भएको बताए । ‘आज विभिन्न विभागका प्रमुखसँग छलफल गरेको छु । भोलिदेखि हाजिर गरेर काम अगाडी बढाउने छु,’ डा. यादवले भने ।

‘सरकारले प्रतिष्ठानको अस्पताल र ऐकेडेमीको आर्थिक तथा प्रशासनिक क्षेत्रको जिम्मेवारी दिएको भन्दै डा. यादवले प्रतिष्ठानमा भएका बेथेति सुधारमा लाग्ने बताए ।

‘अस्पतालबाट गुणस्तरीय सेवा दिनका लागि वातावरण तय गर्छु । त्यसका साथै विद्यार्थीको पठन–पाठनलाई निरन्तरता दिन्छु,’ डा. यादवले अनलाइनखबरसँग भने , ‘ चाडैं सिनेट बसाउने छु । यो नै निकासको ठूलो योजना हो ।’

प्रतिष्ठानमा सुधारको माग गर्दै लामो समयदेखि जारी आन्दोलनमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी, रेक्टर डा. गुरु खनाल र निर्देशक डा. गौरीशकंर शाहलाई बर्खास्त गर्नुपर्ने आन्दोलनरत चिकित्सक तथा कर्मचारीले माग गर्दै आएका छन् । उपकुलपति डा. गिरी लगायत अन्य पदाधिकारीमाथि अनियमितता र भ्रष्टाचारको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?