
११ माघ, वीरगञ्ज । १५ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानरगरपालिका- २३ का २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यालवले डरत्रास देखाई पीडित बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी उनले आफ्नै घरमा लगेर पटक–पटक जबरजस्ती करणी गरेको आरोप उनलाई लागेको छ । पछिल्लो पटक माघ ५ गते राति बालिकालाई वीरगञ्ज–१५ भिश्वा टोल स्थित साथीको कोठामा लगेर पुनः करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
बालिकाको अभिभावकले माघ ९ गते दिएको जाहेरी दर्खास्तको आधारमा मुन्नालाई पक्राउ गरेर जर्बजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनी विरुद्ध जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया 4