+

नेपाल सुपर लिगको दोस्रो संस्करणमा १० टिम

२०७८ फागुन  १ गते १७:२६ २०७८ फागुन १ गते १७:२६
नेपाल सुपर लिगको दोस्रो संस्करणमा १० टिम

१ फागुन, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन नयाँ टोली थप्दै १० टिम पुर्‍याएको हो ।

आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले अक्सनबाट तीन टिम छनोट गरिएको जनाएको छ । आयोजकले आइतबार विज्ञप्ति जारी गर्दै झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगञ्ज युनाइटेड एफसीलाई छनोट गरिएको जानकारी दिएको हो ।

पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं रेजर्सले जितेको थियो । दोस्रो संस्करणका खेलहरू पोखरा र काठमाडौं गरी दुई शहरमा हुनेछन् ।

 

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय