+
+

युक्रेनबाट नेपालीहरुलाई उद्धार गर्न अखिल क्रान्तिकारीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते ७:१३

१४ फागुन, काठमाडौं । नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरिकको अबिलम्ब उद्धार गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नागरिकमाथि सुरक्षा चुनौति बढ्दै गएको भन्दै नेपालीहरुलाई तत्काल उद्धार गर्न माग गरेकी हुन् ।

संकटमा परेका नागरिकका लागि राज्यले सुरक्षित रहनुस् भन्दै सूचना निकाल्नु पर्याप्त नहुने भन्दै विज्ञप्तिमा लेखिएको छ– कूटनीतिक पहल र आर्थिक लगायत प्रवन्ध गरी अप्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौं ।

विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्ति महामारी आदिका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जीउधनको रक्षा गर्ने कर्तव्य राज्यको हुने पनि विज्ञप्तिमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?