
३ चैत, काठमाडौं। रङहरुको पर्व होलीको अवसरमा आगामी वैशाख १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा होली मनाएको छ । स्कुल र कागेश्वरी ओपन स्काउटको आयोजनामा कलाकार सौगात मल्ल र बुद्धि तामाङद्वारा विद्यार्थीलाई टीका तथा रङ दलेर उत्सव मनाइएको थियो ।
फिल्मको प्रवर्द्धन कार्यक्रमअन्तर्गत कलाकारले विद्यार्थीसँग होली पर्व मनाएका छन् । सुरेश कार्की, रविराज कार्की, शुभ श्रेष्ठ र देवेन्द्र मानन्धरको संयुक्त लगानी रहेको फिल्म अर्गानिक र मनोरञ्जनक बनेको सौगात र बुद्धिले विद्यार्थीलाई बताए ।
हिमाली क्षेत्रको प्रेमकथामा आधारित खिलबहादुर गुरुङ निर्देशित फिल्मको छायांकन मनास्लु क्षेत्रको चुमनुव्री गाउँपालिकामा गरिएको हो ।
फिल्ममा दीया पुन, नमिता घिसिङ, वीरबहादुर लामा, पासङ टी शेर्पाको पनि मुख्य भूमिका छ । साम्तेन भुटिया, सुनिल निउरे र परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र गुरुङको सम्पादन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।
प्रतिक्रिया 4