+
+

विमल सिटौलाको ‘निर्दोष डेरावाल’ उपन्यास विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:५६

७ चैत, काठमाडौं । विमल सिटौलाद्वारा लिखित उपन्यास ‘निर्दोष डेरावाल’ सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा शनिबार आयोजित समारोहमा पुस्तक विमोचन गरिएको हो ।

वरिष्ठ साहित्यकारद्वय गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा, महेश पौडेललगायतले संयुक्त रूपमा उपन्यास विमोचन गरे ।

पुस्तक विमोचन समारोहमा बोल्दै प्र्रा. डा. भट्टराईले ‘मुग्लान’ उपन्यास प्रकाशन हुँदा आफू २१ वर्षको ठिटो भएको र यो उमेरमा यति सशक्त कृति निकालेकोमा खुसी लागेको बताए । करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा कल्पनाशीलता भएको उनले बताए ।

समालोचक महेश पौडेलले यो उपन्यास ‘तिलस्मी’ भएको बताए । ‘समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्ने विषयवस्तुमा उपन्यास लेखिएको छ,’ उनले भने ।

समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त गर्न नसकेका आम बौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन् ।

अञ्जना वस्ती भट्टराईले लेखकमा गोविन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन् । लेखक सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टारको अवलोकन र अनुभवपछि यो उपन्यास लेख्न सुरु गरेको बताए ।

आफू जापानी लेखक हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ । पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?