+
+

राजनीतिमाथि ‘छक्कापञ्जा ४’ : दीपक भन्छन्- फिल्ममा हाम्रो शैलीको कथा भन्नुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १४:२५
निर्माता तथा अभिनेता दीपकराज गिरी । फाइल तस्वीर

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’को छायांकन आगामी जेठदेखि हुने भएको छ । निर्माता एवं अभिनेता दीपकराज गिरीले दुई साताभित्र स्क्रिप्ट लेखनको काम सकिने र छायांकनको तयारी गरिने जनाएका छन् ।

फिल्मका अघिल्ला तीनवटा प्रिक्वेलमा दर्शकले प्रेम, राजनीति र वैदेशिक रोजगारका असरका मुद्दाका कथावस्तु हेरे । फिल्मको चौथो सिक्वेलको कथावस्तु पनि राजनीतिमै आधारित हुने भएको छ ।

‘राजनीति भन्नाले दलीय होइन, सोसल पोलिटिक्स देखाउन खोजेका छौं,’ गिरीले अनलाइनखबरसँग भने, ‘यसको केन्द्रीय विषयवस्तु पनि राजनीति नै हुन्छ । दर्शकको भन्दा मेरो रुचिमा कथा छानिएको हो ।’

राजनीतिक कथावस्तुमा दर्शकको रुचि कस्तो हुन्छ भन्ने प्रश्नमा दीपकले भने, ‘कुनै पनि चीजलाई कसरी प्रस्तुत गरिन्छ भन्नेमा भर पर्छ । गलत रुपमा प्रस्तुत गर्दा सबै कुरा गलत हुन्छ । कुनै पनि विषयलाई सही ढंगले प्रस्तुत गरेमा त्यसप्रति मान्छेको रुचि हुन्छ ।’

राजनीतिक कथावस्तुमा ‘मसला’ मिश्रण गरिने र यो स्वाद छक्कापञ्जामा हुने गिरीको भनाइ छ । दुई साताभित्र स्क्रिप्टलाई पूर्णता दिन आफू काठमाडौंबाहिर जाने तयारीमा रहेको पनि उनले बताए ।

हाम्रो स्टाइलको कथा भनौं’

पछिल्लो समय बक्स अफिसमा देखिएको संकटतर्फ संकेत गर्दै निर्माता तथा अभिनेता गिरीले नेपाली फिल्मलाई जोगाउन आफ्नै कथामा ‘स्टोरी टेलिङ’ गर्नुपर्ने बताए । ‘हामीले नेपाली स्टोरी भनेका छैनौं । अहिलेका कतिपय मेकर कि हलिउडको दाबी गर्छन् कि बलिउडको । उनीहरुको जस्तो फिल्म हामीले बनाउन सक्दैनौं । हामीले हाम्रोजस्तो बनाउनुपर्‍यो ।’

भारतीय र हलिउड स्टाइललाई नभएर हामीले आफ्नै शैलीको कथावाचन शैली पछ्याउनुपर्ने उनको भनाइ छ । ‘रामबाबु गुरुङले गरिरहेको कबड्डीको अर्गानिक स्टोरी टेलिङ उसको लागि ठीक छ । हाम्रो न्यारेटिभ पनि कोहीसँग मिल्दैन,’ उनले भने, ‘हामीले हलिउड र दक्षिण भारतीय होइन, हामीले हामीलाई फलो गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?