
२२ चैत, काठमाडौं । श्रीलंकाका वित्तमन्त्री अली साबरीले दोश्रो दिनमा नै राजीनामा दिएका छन् ।
देशमा आर्थिक संकट बढेपछि आइतबार मन्त्रिपरिषदका सबै सदस्यले राजीनामा दिएका थिए । त्यसपछि सोमबार राष्ट्रपति गोटाबाया राजपाक्षेले ४ मन्त्री नियुक्त गरेका थिए । जसमध्येका साबरीले राजीनामा दिएका हुन् ।
साबरीले राष्ट्रपति राजपाक्षेलाई पत्र लेखेर देशमा आएको आर्थिक संकटसँग जुध्नका लागि राम्रो व्यवस्था आवश्यक रहेको र त्यसका लागि नयाँ वित्तमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन् ।
नयाँ वित्तमन्त्रीको नियुक्ती सहज बनाउन आफूले राजिनामा दिएको उनले पत्रमा लेखेका छन् । साबरी यसअघिको सरकारमा कानूनमन्त्री थिए । उनले राष्ट्रपतिले संसद बाहिरबाट गतिलो वित्तमन्त्री खोज्ने हो भने आफूले संसदीय सिटसमेत खाली गरिदिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4