+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग सहकार्य गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते १२:०८

२८ असार, काठमाडौं। रोटरी न्यातपोलका अध्यक्ष बिष्णुकान्त घिमिरेले र बोर्ड कमिटीले पदभार ग्रहण गरेका छन् । क्लबको छैटौं पदस्थापना कार्यक्रममा रोटरी बर्ष २०२५/२६ का लागि अध्यक्ष नियुक्त भएका घिमिरेलाई निवर्तमान अध्यक्ष राकेशराम श्रेष्ठले कार्यभार हस्तान्तरण गराएका हुन् ।

घिमिरेले गत वर्षहरुदेखि हुँदै आएका क्लबका सामाजिक कामहरुको निरन्तरता दिँदै यस वर्ष ग्रामीण भेगका किसानलाई प्रोत्साहित गर्दै व्यावसायिक कफीखेतीमा सहयोग गर्ने योजना रहेको घोषणा गरेका छन् । ब्लाक डाइमन्डका रुपमा परिचित कफीको उत्पादन बढाइ ग्रामीण किसानको अर्थोपार्जनमा सघाउन कफीखेती प्रवर्द्धनको योजना ल्याइएको घिमिरेले बताए ।

घिमिरे नेतृत्वको कार्यसमितिमा निवर्तमान अध्यक्ष एवं सर्जेन्ट एट आर्म्समा राकेशराम श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट रमन श्रेष्ठ, उपाध्यक्ष उमेश पाण्डे, सचिव कृष्ण कुँवर, कोषाध्यक्ष प्रबिना अमात्य, क्लब लनिङ फ्यासिलिटेटर बिजय शर्मा, एड्मिन डिरेक्टर अप्सरा तिमिल्सिना, सर्भिस कमिटीमा डिरेक्टर उपासना शर्मासहित दिपेस रेग्मी र प्रविन अधिकारी रहेका छन् ।

त्यस्तै टिआरएफ डिरेक्टर रितु वाग्ले, इन्टरनेशनल कमिटीमा डिरेक्टर अनिसा जोशीसहित उत्सव सिंह अधिकारी, कृष्मा जोशी र प्रवेशलाल जोशी, पब्लिक इमेज कमिटीमा बासु महर्जन र अजय अर्याल, मेम्बरसिप कमिटीमा डिरेक्टर सुनैना श्रेष्ठसहित प्रबिन महर्जन, प्रेसिडेन्ट एड्भाइजरमा सागर लोहनी र सुवर्ण थापा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं रोटरी डिस्ट्रीक २३९२ नेपाल भुटानका गभर्नर इलेक्ट बिष्णुबहादुर कार्कीले विगतमा रिटर्‍याक्टको सफल नेतृत्व गरिसकेका घिमिरेले रोटरी न्यातपोललाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

क्लबका असाइन असिस्टेन्ट गभर्नर डा बुद्धिमान श्रेष्ठले सदस्यहरुको व्यक्तित्व बिकास र आपसी सम्बन्धको बिस्तारलाई मध्यनजर गर्दै फेलोसिप र नेटवर्किङ बैठकहरुको योजना क्लबको उत्कृष्ट पाटो रहेको टिप्पणी गरे ।

कार्यक्रममा रोटरी इन्टरनेशनल जोन ६ को मेम्बरसिप कोर्डिनेटरमा मनोनित सन्जय गिरी, जोन ६ कै असिस्टेन्ट रिजनल मेम्बरसिप कोर्डिनेटरमा मनोनित जितेन्द्रबहादुर भण्डारीलाई रोटरी न्यातपोलको तर्फबाट सम्मान समेत गरिएको थियो ।

क्लबका संस्थापक अध्यक्ष बिजय शर्माले क्लबका गतिविधिमा रोटरी डिस्ट्रिकको निरन्तर साथ र समर्थनप्रति आभार व्यक्त गरेका छन् ।

त्यस्तै क्लबले पदस्थापन कार्यक्रममै कमलकुमार बस्नेत र पर्वतारोहण व्यवसायमा सक्रिय प्रशन्न घिमिरे र प्रियड्का गौतमलाई नयाँ सदस्यता प्रदान गरेको छ ।

कार्यक्रमम रोटरी डिस्ट्रीक २३९२ नेपाल भुटानका पूर्वगभर्नरहरु योगेन्द्रमान प्रधान, चिन्तामणी भट्टराई, निवर्तमान गभर्नर राजेन्द्रमान सेरचन, गभर्नर नोमिनी आइ पि ढकाल, अग्रज रोटेरियन के बि क्षेत्री, भुवनकुमार श्रेष्ठ, दिनेश मानन्धर, विष्णुहरि दाहाल, राजेन्द्र श्रेष्ठ, लाक्फुटी सेर्पा, लक्ष्मी खनाल, अमित गिरी बिनिता हाडा, सुमिरा श्रेष्ठ, अनिल थपलियालगायतको उपस्थित थियो ।

त्यस्तै मास्टर सेफ सन्तोष साह, बिबि एयरका संस्थापक विष्णुबहादुर ढकाल, नेपाल टेबल फुसबल एसोसिएसनका उत्तम घिमिरे, गायिकाद्वय रेश्मा पुन र सिर्जना खत्रीले रोटरीको सामाजिक काममा होस्टेमा हैंसे गर्न तयार भएको प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?