+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उच्च अदालतले माग्यो पल शाहका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:५३
पल शाह र उनका सहयोगी कृष्ण जोशी ।

२२ वैशाख, पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ ।

बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

आरोपित शाहले दुबै जिल्ला जिल्ला अदालतले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै पुनरावेदन निवेदन दिएका थिए । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयले शाहका सहयोगी जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो ।

उच्च अदालत पोखराले १५ वैशाखमा दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश दिएको थियो ।बिहीबार भने उच्च अदालतले जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेश पनि माग गरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेल जानकारी दिए ।

‘कृष्ण जोशीलाई पहिले तनहुँले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिलले उच्चमा निवेदन दिएका थिए,’ उनले भने, ‘अहिले त्यो आदेश पनि सँगै राखेर हेर्न आदेश जारी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?