+
+

एन्फा कार्यसमिति बैठक बस्दै, खेलाडी-प्रशिक्षक विवादबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:३२

२५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) काे कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लाे समय नेपाली फुटबलमा देखिएकाे विवादकाे विषयमा एन्फा बैठक बस्न लागेकाे हाे ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसाे २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेकाे छ । राष्ट्रिय फुटबल टिमकाे विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए ।

एएफसी एसियन कप छनोटकाे तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएपछि सुरु भएकाे विवाद दुई साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेकाे छैन ।

त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ै आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले पनि कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेकाे छ ।

यस्तै प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नाे धारणा व्यक्त गरिसकेका छन् ।

फुटबल टिम विवादबारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेकाे समाचार आफ्नै वेबसाइटमा सार्वजनिक गरे पनि पछि हटाएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?