
काठमाडौं । नेपालमा बोलिने भाषाबारेको पुस्तक ‘नेपालका भाषा र सरकारी कामकाज’ सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत् भीमनारायण रेग्मीले लेखेको पुस्तकमा नेपालमा बोलिने १४० भाषा र ७५३ स्थानीय तहमा प्रचलित भाषाको विषयमा प्रकाश पारिएको छ ।
नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्प जस्ता अनुसन्धानपछि पुस्तक तयार पारिएको लेखक रेग्मीले बताए ।
भाषासम्बन्धी तथ्यांक समेटिएको पुस्तकलाई फ्याक्स नेपालले प्रकाश गरेको हो । पुस्तकको मूल्य ११ सय रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4