+
+

नायक राज घिमिरे गोदावरी ३ को वडाध्यक्षमा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १०:५७

काठमाडौं । ‘चपली हाइट’ फेम्ड अभिनेता राज घिमिरे (सानुराजा घिमिरे) नेकपा माओवादी केन्द्रको तर्फबाट ललितपुरको गोदवारी नगरपालिका ३ को वडाध्यक्षमा विजयी भएका छन् ।

स्थानीय चुनावको गएराति घोषित मतगणनामा अभिनेता घिमिरेले १०५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राम आचार्यले १०४९ मत प्राप्त गरेका थिए ।

अघिल्लो स्थानीय चुनावमा उम्मेदवार रहेका घिमिरे पराजित भएका थिए  । चुनावअघि सामाजिक संजालमार्फत उनले यदि आफूले वडाध्यक्ष जितेमा अध्यक्षतको हैसियतमा पाउने कुनैपनि सुविधा नलिने बताएका थिए ।

विजयी भएपछि सोमबार अनलाइनखबरसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू निर्वाचित वडालाई देशकै उत्कृष्ट वडा बनाउने प्रतिबद्धता जनाए । ‘चपली हाइट’ फिल्मबाट चर्चित अभिनेता घिमिरेले अन्य फिल्म र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

२०५७ मा उनले ‘सारा खुशी’ बोलको गीतबाट अभिनय करिअर थालेका थिए । यसका साथै, उनी पर्यटन तथा होटल व्यवसायमा पनि सक्रिय छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?