+
+

शंखरापुर नगरपालिकाको ३ नम्बर वडाध्यक्ष राप्रपाले जित्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:२३

२ जेठ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा राप्रपाका सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङ ७१४ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कर्म बल तामाङले ६०६ मत पाए ।

नेपाली कांग्रेसका सत्यमान लामाले १४३ र नेकपा एमालेका राजेन्द्र तिवारीले ७७ मत पाएका छन् ।

शंखरापुर नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा वेदनारायण दंगाल निर्वाचित भएका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट वडा नम्बर २ को अध्यक्षमा रनबहादुर थिङ, वडा नम्बर ८ मा पोते थिङ र वडा नम्बर ८मा शहदेव श्रेष्ठ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?