+
+

ज्याकलिन फर्नान्डिज नेपाल नआउने भएपछि पूजा हेगडेलाई ल्याइने

ज्याकलिनले अदालतबाट फिर्ता लिइन् निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १५:२६

काठमाडौं । जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको कन्सर्टमा बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएको छ । विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई ज्याकलिनले बुधबार फिर्ता लिएकी छन् ।

मनी लाउन्ड्रिङ सम्बन्धी अदालतमा विचारधिन मुद्दाको छानविन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन् । यसको अर्थ हो, मुद्दाको छिनोफानो नभएसम्म उनी विदेश यात्रामा निस्कन पाउनेछैनिन् ।

सुकेश चन्द्रशेखर नामक व्यक्तिसँगको करिब ७०० करोड भारुको गैरकानूनी मुद्रा ओसारपोसारको मुद्दामा ज्याकलिन मुछिएकी छिन् । प्रर्वतन निर्देशनालयले उनीविरुद्ध लुकआउट सर्कुलर जारी गरेको छ जसअन्तर्गत ज्याकलिन विदेश जान पाउनेछैनिन् ।

सलमानको द ब्याङ रिलोडेड टूरमा ज्याकलिन सदस्य समेत छिन् । नेपालसहित अबुधावीमा हुने आइफा अवार्ड (जुन अहिले स्थगित भैसकेको छ)सहित फ्रान्समो कार्यक्रममा जान ज्याकलिनले अनुमति माग्दै अदालतमा याचिका दिएकी थिइन् ।

ज्याकलिन नेपाल नआउनेपछि आयोजकले उनको ठाउँमा अर्की बलिउड अभिनेत्री पूजा हेगडेलाई ल्याउने तयारी गरिरहेको छ । नेपाल कन्सर्टका लागि आवश्यक उपकरण बोकेको झन्डै ३२ वटा ट्रक आज भारतबाट नेपालको लागि हिँडेको समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?