+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

करिश्माले निर्माण गर्ने फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यु गर्दै सरोज खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १७:४७

काठमाडौं । अभिनेता सरोज खनालले फिल्म ‘बगान’मार्फत निर्देशनमा डेब्यु गर्ने भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा यो फिल्म निर्माणको घोषणा गरिएको छ ।

उक्त अवसरमा फिल्मको टिजर र ‘तिम्रो सुन्दर आँखा’ बोलको गीत समेत सार्वजनिक गरियो । फिल्ममा खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ र प्रमिला कार्कीको अभिनय हुनेछ । प्रमिलाले यसै फिल्मबाट करिअर सुरु गर्दैछिन् ।

खनालले आफूले अभिनयमा सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए । आफूले निर्देशन गर्ने फिल्मले समाज परिवर्तनमा भूमिका खेल्ने उनको विश्वास छ ।

उनले भने, ‘व्यापारमा रेकर्ड नराख्ला, तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्नलायक फिल्म चाहिं बनाएको छु । फिल्मले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ । मैले त्यही कोशिश गरेको छु । फिल्म हेरेर हलबाट निस्कँदा एकपटक दर्शकले सोच्न बाध्य हुनेछन् ।’

आफू कलाकार भएकाले अरू कलाकारले पनि आफ्नो जस्तै शैलीमा अभिनय गर्दियोस् भन्ने सोच हुने गरेको भए पनि त्यसबाट टाढै बसेर आफूले फिल्म निर्देशन गरेको खनालले बताए । फिल्मको अहिले छायांकनको क्रममा रहेको छ ।

अभिनेता आकाश श्रेष्ठले खनालजस्तो अनुभवी कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । फिल्ममा भूमिका सानो भए पनि प्रभावकारी हुने उनको भनाइ छ ।

फिल्ममा गौरीशंकर धुजुको छायांकन निर्देशन, उत्सव दाहालको छायांकन, अर्जुन जीसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाको भीएफएक्स र रेनिश फागोको कलर करेक्सन हुने जनाइएको छ ।

नेपाली वेबसाइटको प्रस्तुति रहने ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्मात्री अभिनेत्री करिश्मा मानन्धर हुन् । नेपालमा रिलिजअघि फिल्मलाई विदेशमा प्रदर्शन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?