+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शेखरको क्षेत्रबाट उम्मेदवारी दिने रमेशजंगको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १३:२३

२२ जेठ, विराटनगर । नेपाली कांग्रेस नेता रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने दाबी गरेका छन् । राष्ट्रियसभा सदस्य रायमाझी कांग्रेसको प्रदेश १ समितिका उपसभापति हुन् ।

संस्थापन पक्षका नेता रायमाझीले डा. शेखर कोइरालालाई चुनौती दिदै क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने बताएका हुन् । उनले उम्मेदवार बन्नका लागि पार्टी भित्र छलफल पनि सुरु गरेको अनलाइनखबरसँग बताए ।

२०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा डा. शेखर कोइराला उम्मेदवार बनेका थिए । त्यतिबेला उनी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए ।

डा. शेखर क्षेत्र नम्बर ६ छाडेर क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुपर्ने रायमाझी बताउँछन् । क्षेत्र नम्बर ६ मा पार्टीको उपस्थिति कमजोर भएको बताउँदै उनले पार्टीलाई विजयी गराउन आफूले उम्मेदवारी दाबी गरेको बताए ।

‘उहाँ कोइराला परिवारको मान्छे, मोरङ क्षेत्र नम्बर २ गिरिजाप्रसाद कोइरालाको क्षेत्र हो,’ उनले भने, ‘क्षेत्र नम्बर २ मा उहाँलाई सजिलो हुन्छ ।’

मोरङ क्षेत्र नम्बर २ बाट ०७४ सालमा नेता डा. मिनेन्द्र रिजाल निर्वाचित भएका थिए । डा. शेखर क्षेत्र नम्बर २ मा जाँदा मिनेन्द्रले छोड्ने रायमाझीको तर्क छ । ‘शेरबहादुर देउवाले यहाँबाट उठ्छु भन्दा मैले छोड्नुपर्छ’, उनले भने, ‘मिनेन्द्र रिजालको नेता डा. शेखर हो, महाधिवेशनमा शेखरको प्यानलबाट महामन्त्री उठ्नुभएको थियो, उहाँ (शेखर)ले उठ्ने हुँदा मिनेन्द्रले छोड्नुपर्छ ।’

डा. शेखरले उमेरका कारणले पनि राजनीतिक गतिविधिमा सक्रिय हुन नसक्ने बताउँदै भन्दै रायमाझीले अब यो क्षेत्रबाट आफू उम्मेदवार हुने बताएका हुन् ।

मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गुरुराज घिमिरेले प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका छन् । सो क्षेत्रबाट यसअघि नेता महेश आचार्य उम्मेदवार बनेका थिए । ०७४ को चुनावमा उनी माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?