+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

थप २८ जनामा कोरोना संक्रमण, १२० जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १६:४२

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार ५२ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११७ जना होम आइसोलेसनमा रहेका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७६७ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३१० जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?