+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

आईएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १७:४३

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सेवा प्रदान गर्नेसम्बधन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आईएमई जनरल इन्स्योरेन्सबाट औषधि उपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबाट नगदरहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटले आफना ग्राहकलाई आईएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधि उपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा रहेको बताए । उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधि उपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?