+
+

साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १४:३९

१० असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । दुई घण्टाको लागि खुलेको बजार सुरुमा ४० अंकले घटे पनि दोस्रो घण्टामा नाटकीय सुधार भएर बन्द भएको छ ।

शुक्रवार १३.७८ अङ्कले बढेर नेप्से १८६२.०६ विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ३५ लाख ४१ हजार कित्ता सेयर २२ हजार ८७४ पटक कारोबार हुदा कुल कारोबार रकम भने १ अर्ब १५ करोड १२ लाख रुपैयाँ पुगेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचअल फन्डबाहेक सबै उपसमूहमा हरियाली छ ।

आज ङ्यादी हाइड्रोको मुल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीमा आधिखोला लघुवित्त बित्तीय रहृयो । यो कम्पनीको शेयरमूल्य ७.८८ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?