+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

चोभार सुख्खा बन्दरगाहबारे वाणिज्य मन्त्रीको चासो, पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १७:५४

१३ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढाउन आग्रह गरेका छन् ।

सोमबार बन्दरगाहको स्थलगत अवलोकन गर्दै मन्त्री बडूले राजधानी नजिकैको व्यापार पूर्वाधार जसरी भए पनि पूर्ण क्षमतामा चल्नु पर्ने बताए ।

बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनका अप्ठ्याराबारे चासो व्यक्त गर्दै उनले बन्दरगाह सञ्चालन गरिरहेको इन्टरमोडल यातायात विकास समितिलाई सहजीकरणको प्रस्ताव पेश गर्न भनेका थिए ।

‘बन्दरगाह सञ्चालनका अप्ठ्यारा के के हुन् ? मैले गर्नु पर्ने सहजीकरण गर्न के के हुन्,’ मन्त्री बडूको भनाइ उदृत गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने ‘निजी क्षेत्रलाई बन्दरगाह सञ्चालनमा प्रोत्साहन गर्न पनि मन्त्रीको खास चासो राख्नु भयो ।’

ऋण लगानीमा बनाइएको पूर्वाधार सञ्चालन नहुँदा अप्ठ्यारो पर्ने भन्दै मन्त्री बडूले बाह्य मुलुकबाट सामान भित्रिन कठिन भए आन्तरिक रुपमा मात्रै भएपनि बन्दरगाह सञ्चालनका लागि पहल गर्न विकास समितिको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?