+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मल माग्दै कृषि ज्ञान केन्द्रमा राप्रपाको धर्ना

किसानलाई मलखाद र बिउबिजन दिन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगञ्जमा प्रदर्शन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते २०:०३

१३ असार, वीरगञ्ज । किसानलाई मलखाद र बिउबिजन दिन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगञ्जमा प्रदर्शन गरेको छ ।

राप्रपाका नेता कार्यकर्ताले कृषि ज्ञान केन्द्र पर्साको मुख्य प्रवेशद्वारमा दुई घण्टा धर्ना समेत दिएका छन् । दिउँसो २ बजेदेखि अपरान्ह ४ बजेसम्म उनीहरु टाउकोमा कालोपट्टी बाँधेर धर्नामा बसेका थिए ।

धर्नामा सहभागीले कृषि काममा संलग्न हुने उपकरण बोरिङ, मोटर, ट्याक्टर अनुदानको व्यवस्था हुनुपर्ने, तरकारीको बिउबिजन निशुल्क वितरण होस, सिंचाईका लागि समयमा नहरमा पानी आउनुपर्ने, कृषि उपजको उचित मूल्य निर्धारण गर्नुपर्ने लगायत माग लेखिएको प्लेकार्ड बोकेका थिए ।

राप्रपा पर्सा अध्यक्ष सुमेश्वर नाथ उपाध्यायले समयमा मल नपाउँदा किसान समस्यामा रहेकोले प्रदर्शन गरिएको बताए । ‘किसानलाई मल चाहिएको बेला मल पाइन्न, बिउ चाहिएको बेलामा बिउ पाइन्न’, उनले भने ‘कृषि ज्ञान केन्द्रमा जेटिए छन् तर किसानलाई सल्लाह दिँदैनन् ।’

राप्रपाका पूर्व केन्द्रीय सदस्य नगिना यादवले किसान देशको असली रक्षक भएपनि उनीहरू नै उपेक्षामा रहेको बताए । ‘धानको बिउ छर्ने बेलामा एक बोरा युरिया र पाँच किलो डिएपी पाइएन’, उनले भने, ‘किसानको दुःख कसैले बुझ्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?