+
+

सर्लाही नापीमा वम विष्फोट, तीन गम्भिर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १८:०९

२८ भदौ, सर्लाही । सर्लाहीमा भएको बम विष्फोटमा १२ जना घाइते भएका छन् । सदरमुकाम मलंगवास्थित नापी शाखाको गेटमा बम विष्फोट भएको हो । ११:३५ बजे भएको बम विष्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन् ।

नापी शाखामा सेवाग्राहीहरूको भीडभाड रहेका बेला विष्फोटन भएकाले धेरै घाइते भएका हुन् । विष्फोटनपछि मानिसहरूमा भागाभाग भएको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एक दर्जन घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?