
काठमाडौं । बलिउड अभिनेता बिन्दु दारा सिंह यतिबेला काठमाडौंमा छन् । नेपाल वायुसेवा निगमका बोर्ड सदस्य तथा क्याप्टेन सुधीर राईको निम्तोमा नेपाल आएका उनी सोमबार भारत फर्कंर्दैछन् ।
तीन दिनअघि नेपाल आइपुगेका उनले सोमबार न्युरोडस्थित वायुसेवा निगमको मुख्यालय भ्रमण गरे । साथै, यसबीचमा काठमाडौंका रमणीय स्थलमा घुमघाम पनि गरे ।
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभिनेता दारा सिंहलाई नेपाल भ्रमणमा ल्याएको जानकारी क्याप्टेन राईले दिए । हिन्दू धर्मग्रन्थ रामायणमा आधारित सिरियलमा हनुमानको भूमिका निर्वाह गरेका सिंहले काठमाडौंमा रामायण नाटक प्रस्तुत गर्न चाहेको बताए ।
यसअघि पनि पत्नीसहित नेपाल आइपुगेका उनले नेपाल आउँदा आफूलाई शान्ति मिल्ने समेत बताए । अर्को एक प्रश्नमा विवादित बलिउड समीक्षक केआरकेप्रति उनी आक्रोशित सुनिए ।
सन् १९९४ को फिल्म करणबाट अभिनयमा डेब्यु गरेका सिंह नेपालमा समेत चर्चित छन् । गर्व, मैने प्यार किया, पार्टनर खुस्बु, कम्बत इस्क, सन अफ सर्दार, हाउसफुलका दुवै सिक्वेल र बिग बोसमा उनले अभिनय गरेका छन् ।
प्रतिक्रिया 4