+
+

तनाव बढेपछि अछामको मंगलसेन निषेधित क्षेत्र घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १२:१२

२१ असार, काठमाडौं । अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

विनोद शाही मृत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलसेनलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

घटनाको विषयमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयमा तोडफोड भएको र दैनिक कामकाजमा समेत अवरोध भएकोले निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ ।

मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत, सरकारी वकिल कार्यालय बैरागी धारा बस काउन्टर, मंगलसेन नगरपालिक र कृषि ज्ञान केन्द्रको आसपासको क्षेत्रमा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

गत स्थानीय तह निर्वाचनपछि अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत भेटिएपछि मंगलसेनमा लामो समयदेखि तनाव हुँदै आएको छ।

आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सोमबार पनि मृतकका आफन्तले प्रदर्शन गरेका थिए । त्यसक्रममा मंगलसेन क्षेत्र तनाव बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?