+
+

पशुपति क्षेत्रमा फुटबल, साइक्लिङदेखि जुम्बा डान्समा प्रतिबन्ध

पशुपति क्षेत्रमा चर्को ध्वनिमा बज्ने संगीतदेखि फुटबल, भलिबल, ब्याडमिन्टन र साइक्लिङसम्मका खेल गतिविधिमा रोक लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १४:२२
फाइल तस्वीर

१ साउन, काठमाडौं । पशुपति क्षेत्रमा चर्को ध्वनिमा बज्ने संगीतदेखि फुटबल, भलिबल, ब्याडमिन्टन र साइक्लिङसम्मका खेल गतिविधिमा रोक लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले २८ असारको निर्णयमार्फत यस्ता गतिविधिलाई आइतबारदेखि पूर्ण रोक लगाएको हो । कोषले जनावरदेखि साधुसन्तको ध्यान र पूजामा समेत अवरोध भएको भन्दै यो निर्णय लिनु परेको बताएको हो ।

पशुपति क्षेत्रको भण्डारखाल, श्लेष्मान्तक वन तथा मृगस्थली शिव र पार्वतीको क्रिडास्थल भएको भन्दै यो स्थललाई विशुद्ध धार्मिक तथा आध्यात्मिक ध्यान, योग गर्ने स्थलका रुपमा विकसित गर्नुपर्ने समेत कोषको भनाई छ ।

तर, यस क्षेत्रमा हरेक बिहान हुने विभिन्न प्रकारका खेल, चर्को संगितमा गरिने जुम्बा डान्स, योगका नाममा हुने अप्राकृतिक क्रियाकलाप बढेको गुनासो आएको कोषले जनाएको छ । यस्ता गतिविधिले सो क्षेत्रका मृग, बाँदरलगायत अन्य पशुपन्छीको दैनिक जीवन प्रक्रियामा अवरोध हुन गई उनीहरु आक्रमक बन्ने समेत कोषले उल्लेख गरेको छ । यी गतिविधि भएको पाइएमा अब कोषले कारबाही गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?