+

माने बने अफ्रिकाकाे उत्कृष्ट फुटबलर

२०७९ साउन  ६ गते १०:२५ २०७९ साउन ६ गते १०:२५
माने बने अफ्रिकाकाे उत्कृष्ट फुटबलर

६ साउन, काठमाडौं । सेनेगलका फरवार्ड साडियो माने अफ्रिकाकाे उत्कृष्ट फुटबल खेलाडी चयन भएका छन् । कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले बिहीबार राति माेराेक्काेमा आयाेजना गरेकाे कार्यक्रमम मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जिते ।

मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको हो । ३० वर्षीय मानेले सेनेगलकै गोलकिपर एडुवार्ड मेन्डी र इजिप्टका मोहमद सालाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

‘यस अवार्डबाट सम्मानित हुन पाउँदा ज्यादै नै खुशी लागेको छ। म सेनेगलका जनतालाई धन्यवाद दिन चाहन्छु । यो ट्रफी म युवा र देशलाई डेडिकेट गर्न चाहन्छु,’ अवार्ड पाएपछि मानेले भने ।

नयाँ सिजन अघि लिभरपुलबाट जर्मन क्लब बायर्न म्युनिख पुगेका मानेले दोस्रो पटक यस अवार्ड जितेका हुन् । उनले २०१९ मा पनि यस अवार्ड जितेका थिए ।

मानेकाे कप्तानीमा सेनेगलले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेकाे थियाे ।

साडियो माने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय