
११ साउन, काठमाडौं । एचआईभी संक्रमितलाई सहज रुपमा औषधि उपलब्ध गराउन राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले माग गरेको छ ।
बुधबार महासंघले राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रलाई एचआईभी संक्रमित खाने औषधि (एआरभी) विभिन्न जिल्लामा अभाव भएको जानकारी गर्दै तत्काल नै सहज रुपमा औषधि उपलब्ध गर्न ज्ञापन पत्र बुझाएको छ । संक्रमितहरूले खाने एआरभी वितरणमा केन्द्रले नै अवरोध गरिरहेको महासंघको आरोप छ । सरकारी लापरबाहीले संक्रमितको ज्यान समेत गइरहेको महासंघका अध्यक्ष खगेन्द्र खड्काले जानकारी दिए ।
‘सरकारकै कारण औषधि वितरण प्रक्रियामा विभिन्न झमेला तथा समस्याहरु देखापरेकाले संक्रमितहरुले दुःख पाइरहेका छन्,’ खड्काले भने, ‘कास्की र सुनसरीमा हेपाटाइटिस–सी भएका संक्रमितको उपचार गर्ने तयारी भएको थियो । तर, केन्द्रकै औषधि गोदाममा नै थन्काएर राख्दा दुई जनाले ज्यान गुमाउनुपर्यो ।’
प्रतिक्रिया 4