+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बैंकिङ कसुरको आरोपमा अधिवक्ता पौडेल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १७:०९

१५ साउन, वीरगञ्ज । बैंकिङ कसुरको आरोपमा अधिवक्ता चुडामणि पौडेल पक्राउ परेका छन् । चितवन स्थायी घर भई हाल काठमाडौंको मैतिदेवी बस्दै आएका अधिवक्ता पौडेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पौडेलले प्रभु बैंकको बबरमहल शाखा कार्यालयमा रहेको आफ्नो खातामा मौज्दात रकम नभएको जान्दाजान्दै कोटेश्वरका विष्णु गिरीलाई १५ लाख रुपैयाँको चेक दिएको आरोप लागेको छ । ‘चेक बाउन्स’ भएपछि गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा अधिवक्ता पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरले चुडामणि पौडेल नाम गरेको मान्छे झिकाइदिनू भन्ने आदेश गरेपछि मैतीदेवीबाट उनलाई पक्राउ गरिएको प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।

प्रहरी वृत्त मालिगाउँका प्रहरी सहायक निरीक्षक राजेन्द्र कुमालले पक्राउ परेका अधिवक्ता पौडेललाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?