+
+

मधेश सरकारले ३ ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १०:५८

१६ साउन, जनकपुरधाम । मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको   वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने जनाएको थियो ।

बैठकले वीरगञ्जजमा उद्योग विभाग स्थापना गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

मन्त्री साहका अनुसार जनकपुरधाममा संचालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?