+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माधव नेपालले भने : गठबन्धन कायम रहन्छ, तेस्रो मोर्चा पनि बन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १७:५१

१९ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पनि गठबन्धन कायम रहने र गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बन्ने बताएका छन् ।

बिहीबार ‘एमाले-माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तकको विमोचन कार्यक्रममा नेपालले गठबन्धनभित्रका चार दल एकतावद्ध भएर जान जरुरी भएको बताए ।

‘गठबन्धन कायम रहन्छ, गठबन्धन दलहरु मिलेर नै चुनावमा जाने छन्,’ नेपालले भने, ‘तर, हामी अर्को मोर्चा बनाउन पनि गइरहेका छौं । ‘थर्डपोल’ जसलाई भन्छ । तेस्रो शक्ति । त्यसमा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा । यी चारवटा पार्टी पनि एक ठाउँमा गोलवद्ध हुनु जरुरी छ ।’

नेपाली कांग्रेसलाई हामी नै सबैथोक हो भन्ने परेको हुनसक्ने भन्दै त्यसका लागि पनि तेस्रो मोर्चा आवश्यक रहेको नेपालको भनाइ थियो । उनले भने, ‘किनभने नेपाली कांग्रेसलाई हामी नै सबै थोक हौं भन्ने परेको हुनसक्छ । यो सर्वेसर्वा मै हुँ भन्ने कुराले बिगारेको छ । त्यसकारण हामी पनि केही हौं भन्ने समय आएको छ। यस्तो अवस्थामा अझै अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्तिहरु मिल्नुपर्ने हुन्छ ।’

वाम शक्तिहरु मिल्ने सन्दर्भमा अर्काको अस्थित्व स्वीकार नगर्नेहरुसँग मिल्न नसकिने उनको भनाइ छ। ‘को को वाम शक्तिसँग मिल्ने ?,’ नेकपा एमालेतिर संकेत गर्दै नेपालले भने, ‘एकले अर्काको अस्तित्व स्वीकार नै गर्नेसँग मिल्ने कुरा हुन्छ ? जुन गाउँ जानु नै छैन, त्यो बाटो सोध्नु नै हुँदैन भनेर त्यसै भनेका होइनन् ।’

वामपन्थीहरुमध्ये पनि मन समेत मिल्नेहरुसँग मिलेर जाने नेपालको भनाइ छ। ‘अब अगाडि बढ्ने सन्दर्भमा विचार मिल्नेहरु, धारणा मिल्नेहरु, भावना मिल्नेहरु, मन मिल्नेहरु मिलेर जानुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?