+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares
धितोपत्र बोर्डको प्रस्तावित निर्देशिका :

मर्जरमा जाँदा आधारभूत सेयर धनीको मात्रै कारोबार रोक्का हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १८:४७

२६ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा जाने संगठित संस्थाको साधारण सेयरधनीको सेयर कारोबार रोक्का नगर्ने प्रस्ताव गरेको छ ।

बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका-२०७९ को प्रराम्भिक मस्यौदा तयार गर्दै प्रारम्भिक सेयरधनीको मात्रै सेयर कारोबार रोक्का राख्ने प्रस्ताव गरिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

‘प्रारम्भिक समझदारी भए पश्चात धितोपत्र बजारले गाभ्ने गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत सेयरधनीको कारोबार साधारण सभा सम्पन्न नभएसम्म रोक्का राख्नुपर्नेछ’ बोर्डले प्रस्ताव गरेको प्रारम्भिक मस्यौदामा भनिएको छ ।

तर अन्य साधारण सेयरधनीको भने कारोबार सुचारु राख्ने प्रस्ताव गरेको बोर्ड अध्यक्ष हमालले बताए । ‘संगठित संस्थाको सञ्चालक समितिमा तथा सूचनामा आधाभूत सेयरधनीकै प्रतिनिधित्व हुन्छ, उनीहरुको सेयर कारोबार रोक्का हुने भए पछि चलखेल हुने सम्भावना हुँदैन,’ उनले भने, ‘प्रस्तावित मस्यौदामाथि सरोकारवालाको सुझावको आधारमा आवश्यक परीमार्जन गरेर निर्देशिका कार्यान्वयनमा जान्छ ।’

यस्तै मर्जर सम्झौता भएपछि कारोबार रोक्का हहुने भएपछि मर्जरको एकीकृत कारोबार गर्ने समयमा भने १५ दिनका लागि सेयर कारोबार रोक्का गर्नसक्ने प्रस्ताव गरीएको उनले बताए ।
‘धितोपत्र बजारले एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ’ प्रस्तावित मस्यौदामा भनिएको छ ।

बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संस्थाले एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरे पश्चात् त्यसको जानकारीसहित एकीकृत व्यावसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने मस्यौदामा उल्लेख छ ।

नेपाल धितोपत्र बोर्डको सुझावको आधारमा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार हुने गरी चालु मौद्रिक नीतिबाट राष्ट्र बैंकले बोर्डलाई निर्णय गर्ने बाटो खोली दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?