काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘प्रेमगञ्ज’को प्रिमियर स्क्रिनिङ गरिएको छ । वान सिनेमाज् मल्टिप्लेक्समा मंगलबार आयोजित प्रथम प्रदर्शनीमा कलाकार, निर्देशक, निर्माता, सञ्चारकर्मीदेखि फिल्मकर्मी सहभागी रहे ।
निर्देशक परिच्छेद सेन, कलाकारहरु तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत प्रिमियरमा उपस्थित रहे । सीमान्त उदास, दीपेन्द्र के खनाल, लय संग्रौला, नरेश पौड्याल लगायतका फिल्मकर्मी समेत उपस्थित थिए ।
भदौ ३ गते रिलिज तयारीमा रहेको फिल्मले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई चित्रण गर्छ । यही फिल्मबाट अभिनय करिअर थालेका तीजले प्रिमियरमा अनलाइनखबरसँग कुरा गर्दै आफू एकसाथ नर्भस र उत्साहित भएको बताए ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
 
 
 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4