
१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिमा यसपटक धेरै महिलाले प्रवेश पाउने भएका छन् । ४५ सदस्यीय स्थायी समितिलाई समावेशी बनाउन धेरै महिला थप गर्न लागिएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा स्थायी समितिलाई पूर्णता दिने विषयमा कुराकानी भएको र त्यस क्रममा १० भन्दा धेरै महिलालाई पहिलो पटक स्थायी समितिमा प्रवेश गराउने विषयमा छलफल भएको थियो ।
माओवादी एक स्थायी समिति सदस्यका अनुसार पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णकुमारी सुवेदी, अञ्जना विसंखे, यशोदा सुवेदी गुरुङ, अमृता थापा, कमला रोक्का, रेखा शर्मा उर्मिला अर्याल लगायत स्थायी समितिमा पर्ने निश्चित जस्तै भएको एक नेताले बताए । माओवादीको स्थायी समितिमा यसअघि पम्फा भुसाल मात्र सदस्य थिइन् ।
माओवादी केन्द्रको विधानमा स्थायी समिति ४५ सदस्यीय हुने व्यवस्था छ । केही नाम थप्न बाँकी रहेकाले स्थायी समितिले अझै पूर्णता भने पाउन बाँकी रहेको छ । नेकपाकालीन १५ जना स्वतः माओवादी केन्द्रको स्थायी समिति सदस्य भएका छन् ।
त्यस्तै १० प्रदेश इन्चार्ज पनि स्वतः स्थायी समिति सदस्य हुनेछ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल पनि स्वतः स्थायी समितिमा पर्ने निर्णय माओवादीले गरेको छ ।
पहिले एकजना मात्रै
शान्ति प्रक्रियामा आएसँगै बनेको माओवादी केन्द्रको स्थायी समितिमा पम्फा भुसाल र हिसिला यमी मात्र सदस्य थिए । तर तत्कालिन नेकपा माओवादी ०६९ मा मोहन वैद्य किरण नेतृत्वमा विभाजन भयो । भुसाल पनि वैद्यतिरै गएपछि यमी मात्रै स्थायी समिति सदस्य रहेकी थिइन् । पछि रामबहादुर बादलसहित भुसाल माओवादीमै फर्किएकी थिइन् ।
२०७२ मा नेता बाबुराम भट्टराईसँगै हिसिला यमीले पनि माओवादी केन्द्र छाडेपछि पुनः भुसाल मात्रै स्थायी समिति सदस्य हुने महिला थिइन् । अब भने माओवादी स्थायी समितिमा महिलाको संख्या बढ्ने भएको छ । माओवादी केन्द्रको अन्तरिम विधानमा ३५ प्रतिशत महिलालाई हरेक समितिमा सहभागिता गराउने व्यवस्था उल्लेख छ । उक्त विधान स्थायी समितिमा पनि लागू भए ४५ सदस्यीय स्थायी समितिमा १६ जना महिला हुने छन्।
यस्तो छ माओवादीको सम्भावित स्थायी समिति
पुष्पकमल दाहाल प्रचण्ड
नारायणकाजी श्रेष्ठ
कृष्णबहादुर महरा
देव गुरुङ
बर्षमान पुन
जनार्दन शर्मा
पम्फा भुसाल
गणेश साह
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
शक्ति बस्नेत
चक्रपाणि खनाल
देवेन्द्र पौडेल
मात्रिका यादव
लिलामणि पोखरेल
हितमान शाक्य
हितराज पाण्डे
राम कार्की
डिलाराम आचार्य
कालीबहादुर मल्ल
खगराज भट्ट
जयपुरी घर्ती
ओनसरी घर्ती
शशी श्रेष्ठ
पूर्णकुमारी सुवेदी
अन्जना विसंखे
यशोदा सुवेदी गुरुङ
अमृता थापा
कमला रोका
रेखा शर्मा
उर्मिला अर्याल
महेश्वर गहतराज
हकिकुल्ला खाँ
प्रतिक्रिया 4