+
+

एमटीभी अवार्डमा टेलर स्वीफ्टको दबदबा, रेडकार्पेटमा चम्किए सेलिब्रिटी (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १२:०२

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान सम्पन्न विश्व प्रतिष्ठित एमटीभी भिडियो म्युजिक अवार्ड २०२२ मा गायिका टेलर स्वीफ्टले भिडियो अफ दी इयरको उपाधि जितेकी छन् ।

ट्रफी उचाल्दै उनले आगामी अक्टोबर २१ मा आफूले नयाँ एल्बम रिलिज गर्न लागेको घोषणा गरिन् । उनले अवार्डमा दुईवटा कीर्तिमान पनि रचिन्, भिडियो अफ दी इयर लगातार तीन पटक जित्ने र आफैंले निर्देशन गरेको भिडियो जित्ने कलाकार ।

साथै उनले १० मिनेट लामो भिडियो ‘अल टु वेल’बाट अवार्ड पनि जितिन् । यो भिडियोबाट स्याडी सिंकले उत्कृष्ट निर्देशकको अवार्ड उचालिन् । ‘इन्डष्ट्री बेबी’का लागि लिल नेस एक्स र हर्लोले बेस्ट कोलार्बेसन अवार्ड जिते ।

‘ह्यारी हाउस’बाट ह्यारी स्टाइलले एल्बम अफ दी इयर जिते । म्याडिसन स्क्वायर गार्डेनमा भएको कार्यक्रममा उनले सांगीतिक प्रस्तुति पनि दिए । उत्कृष्ट के-पप ब्ल्याकपिंक गायिका लिसाले जितिन् । दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले ग्रुप अफ दी इयर जित्यो ।

‘भिडियो फर गुड’ विधामा ‘अबाउट ड्याम टाइम’ गीतबाट लिज्जोले अवार्ड जितिन् । ‘ब्याड बन्नी’ आर्टिस्ट अफ दी इयर जित्ने पहिलो ल्याटिन अमेरिकी कलाकार बने । हलिउड अभिनेता जोनी डीपले सरप्राइज प्रस्तुति दिए ।

यसपटक तीनवटा गायक-गायिकाले कार्यक्रम होस्ट गरेका थिए । एलएल कुल, निकी मिनाज र ज्याक हर्लो एमसी बने । मिनाजले माइकल ज्याक्सन भिडियो भिनेगार्ड अवार्ड जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?