+
+

वृहस्पति विद्यासदनका विद्यार्थीले देखाए इन्द्रजात्रा ( तस्वीरहरु )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ भदौ १७ गते १७:०७

१७ भदौ, काठमाडौं । धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् ।

शुक्रबार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन सुरु गरेका हुन् ।

सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुती देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको छ ।

आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोगाउन पनि विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुले थप टेवा पुग्ने विद्यालयको विश्वास छ ।

यस वर्ष भदौ २४ गते शुक्रवार इन्द्रजात्रा परेको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाइन्छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी यो जात्रा मनाउने परम्परा छ ।

यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्र ध्वजोत्थान’ पनि भनिन्छ ।
लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्रा नजिकिँदै गर्दा विद्यार्थीहरुले इन्द्रजात्रा विशेष कार्यक्रम मनाउन सुरु गरेका छन् ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?