९ असोज, विराटनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियमविपरीत बोनस वितरण गरेको अभियोगमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशकसहित चार जनालाई पक्राउ गरेको विरोधमा निगमको पूर्वाञ्चल क्षेत्रीय डिपोको कारोबार ठप्प भएको छ ।
पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारी र विभिन्न ट्रेड युनियनका पदाधिकारीले पक्राउ गरिएका कार्यकारी निर्देशकसहित सम्पूर्ण कर्मचारीलाई तुरुन्त रिहा गर्नुपर्ने माग गरेका छन् । उनीहरुले पक्राउ परेकाको रिहाइ नहुन्जेल डिपोबाट पेट्रोलियम पदार्थको बिक्री वितरण कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् ।
निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट पूर्वका १६ जिल्लामा पेट्रालियम पदार्थ बिक्री वितरण हँुदै आएकोमा कारोबार ठप्प भएबाट पम्प र पेट्रोलियम व्यवसायी समस्यामा परेका छन् । पूर्वाञ्चलमा पेट्रोलियम पदार्थ बिक्री गर्ने करिब २०० पम्प रहेका छन् । रासस
प्रतिक्रिया 4