+
+

एसिया र युरोप वायु प्रदुषणको उच्च चपेटामा

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १० गते १८:२२

विश्वमा वायु प्रदुषणका कारण वर्षेनी २१ लाख मानिसको ज्यान जाने गरेको एक नयाँ अध्ययनले देखाएको छ । प्रदुषित वायुका कारण ज्यान गुमाउने मानिसहरुको संख्या अझै बढ्नसक्ने शोधकर्ताहरुले चेतावनी दिएका छन् ।

map1

अमेरिकी अन्तरीक्ष संस्था नासाको अर्थ अब्जरभेटरीले संकलन गरेका तथ्यांकका आधारमा विश्लेषण गरी वैज्ञानिकहरुले विश्वभरको वायु प्रदुषणको नक्शा तयार पारेका छन् । यस क्रममा वैज्ञानिकहरुले सन् १८५० जनवरी १ र सन् २००० जनवरी १ को वायु प्रदुषणको लेभलको तुलना गरिएको छ । तथ्यांकले पृथ्वीमा प्रति एक वर्ग किलोमिटर क्षेत्रमा वायु प्रदुषणका कारण वर्षेनी कति मान्छे मर्छन् भन्ने कुरा देखाएको छ ।

शोधकर्ता ज्यासन वेष्टका अनुसार हावामा हुने प्रदुषक, खासगरी कणजन्य प्रदुषकका कारण वर्षेनी २१ लाख जनाले ज्यान गुमाउने गरेका छन् । यस्ता कणजन्य पदार्थमा २.५ माइक्रोमिटर धुलो, ध्वाँसो लगायतका हुने गरेका छन् ।

शोधकर्ताका अनुसार वायु प्रदुषणको नक्सामा देखाइएको निलो रंगको क्षेत्रले ती क्षेत्रमा सन् १८५० भन्दा अहिले वायु प्रदुषणको स्तर सुधि्रएको र मानिसको मरण घटेको जनाउँछ । त्यस्तै नक्सामा रहेको गाढा खैरो रंगले उच्च रुपमा वायु प्रदुषण भएको क्षेत्रलाई बुझाउँछ । शोधकर्ताहरुका अनुसार चीन, भारत तथा युरोपेली क्षेत्रमा वायु प्रदुषणको दर उच्च रुपमा बढिरहेको छ । त्यस्तै अफि्रका क्षेत्र पनि वायु प्रदुषणको चपेटामा पर्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?