+

गोदावरीका पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्न साइक्लोथन, राष्ट्रिय खेलाडी सहभागी हुने

२०७९ कात्तिक  ६ गते १८:५६ २०७९ कात्तिक ६ गते १८:५६
गोदावरीका पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्न साइक्लोथन, राष्ट्रिय खेलाडी सहभागी हुने

६ कात्तिक, काठमाडौं । ललितपुरको गोदावरी नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रवर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयासस्वरुप साइक्लोथन (साइकल यात्रा) हुने भएको छ ।

गोदावरी उद्योग बाणिज्य संघले आइतबार पत्रकार सम्मेलन गरी आगामी बुधबार हुने साइकल यात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्रीका साथै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा सहभागी राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहने जानकारी दिएको छ ।

बज्रबाराहीस्थित नगरपालिकाको प्रशासकीय भवन प्रांगणबाट सुरु हुने साइकल यात्राले नगरपालिकाको १४ वटै वडा परिक्रमा गर्नेछ । साइकल यात्राको दूरी ५० किलोमिटरको रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बिहान साढे ७ बजेदेखि सुरु हुने साइकलयात्रा नगरपालिका कार्यालयबाट ठेचो, चापागाउँ, चारघरे, इटाइटी, छम्पी, टोकलमाठ, डुकुछाप, दनुवार वस्ती, नेपाल आर्ट भिलेज, देवीचौर, टीकाभैरव, लेले, बडिखेल, टौखेल, गोदावरी, विशंखुनारायण, गोदामचौर, मुक्तिनाथ मन्दिर, दमाईटार, ठैव, बाडेगाउँ, झरुवारासीहुँदै नगरपालिका कार्यालयमा पुगेर समापन हुनेछ ।

सहभागी सबैको दुर्घटना बीमा गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षा तथा आकस्मिक स्वास्व्य सेवाको सहयोग गर्नेछन् ।

सवै वडा कार्यालयलगायत स्थानीय बासिन्दाले आआफ्नो मौलिकता झल्कने गरी साइकलयात्रीलाई स्वागत गर्ने व्यवस्था मिलाइएको छ ।

गोदावरी नगरपालिका साइक्लोथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय