+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

६ वर्षपछि रिहानाको सांगीतिक पुनरागमन, ‘ब्ल्याक प्यान्थर २’ को शीर्ष गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते २०:१९

काठमाडौं । विश्व संगीतको लागि एउटा पर्खाइ सकिएको छ । नयाँ गीत ‘लिफ्ट मी अप’ रिलिजसँगै अमेरिकी गायिका रिहानाको सांगीतिक पुनरागमन भएको छ । प्रदर्शन तयारीमा रहेको मार्भल सुपरहिरो फिल्म ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभरको ओर्जिनल साउण्ड ट्रयाक इन्टरनेटमा सार्वजनिक भएको छ ।

रिहाना स्वयंले लेखेको गीत फिल्मका मुख्य चरित्रमा अभिनय गरेका चाडविक बोसम्यानप्रति समर्पित छ । अभिनेता बोसम्यानको हालै क्यान्सरका कारण निधन भएको थियो ।

बुधबार भएको फिल्मको अमेरिका प्रिमियरमा समेत रिहाना उपस्थित थिइन् । गीतकार समेत रहेका टेडले रिहानाको आवाजमा गीत निर्माण हुनु उनीप्रतिको सम्मान भएको बताएका छन् ।

रायन कुगलर निर्देशित यो फिल्म आगामी शुक्रबार नेपालसहित विश्वभर प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?