+
+

‘उचाइ’मा सारिका हसनको डमी कलाकारको भूमिकामा थिइन् परमिता राणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते ११:५८
बलिउड अभिनेता अनुपम खेर र बोमन इरानीसँग अभिनेत्री परमिता राणा

काठमाडौं । नेपालमा समेत छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ अहिले हलमा चलिरहेको छ । झण्डै एक महिना नेपालका पर्यटकीय थलोमा रहेर फिल्म छायांकन गरिएको थियो ।

नेपाली अभिनेत्री परमिता राणा पनि उचाइ फिल्मसँग जोडिएकी थिइन् । सुटिङ गर्ने भन्दै उनी सगरमाथा आधार शिविरसम्म पुगिन् । कास्ट एण्ड क्रिउसँगका उनका तस्वीर पनि सार्वजनिक भएका थिए ।

अहिले नेपाली दर्शकलाई लागिरहेको छ, फिल्मको सुटिङमा समेत पुगेकी परमिताको एउटा दृश्य पनि फिल्ममा किन छैन ? यो कुरा सही पनि हो । आफ्नै भूमिका नभए पनि उनी फिल्मसँग चाहिं जोडिएकी छन् ।

अभिनेत्री सारिका हसनको डमी कलाकारको रुपमा परमिताले अभिनय गरेकी हुन् । फिल्मको नेपाली लाइन प्रोड्युसरका अनुसार परमितालाई डमी एक्टरको रुपमा मात्र अनुबन्धित गरिएको थियो ।

‘सारिकाजीलाई हिंड्न मुस्किल भए टाढाबाट खिच्नुपर्ने लङसटका दृश्यमा मात्र परमिताले डमी कलाकारको रुपमा काम गर्नुभएको थियो,’ ती लाइन प्रोड्युसरले अनलाइनखबरसँग भने ।

परमिता मात्र होइन, अन्य केही नेपाली कलाकार समेत डमी कलाकारको रुपमा अभिनय गरेका छन् । अमिताभ बच्चन नेपालमा नआए पनि उनको डमी कलाकार भारतबाटै ल्याइएको थियो ।

उचाइले भव्य ओपनिङ नगरे पनि भारतीय बक्स अफिसमा सुखद कमाइ गरिरहेको छ भने नेपालमा चाहिं राम्रै वर्ड अफ माउथ प्राप्त गरेको छ । दुई दिनमा ५१ लाख रुपैयाँ कमाएको फिल्मले विकडेजमा राम्रै शो प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?