+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्यार्थीलाई कारबाही गरिएको समयसीमा सकिएपछि त्रिविको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १२:४५

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा परीक्षा विपरीत कार्य गर्नेलाई कारबाही गरेको समयसिमा सकिएपछि नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले १५ महिनापछि व्यवस्थापन संकाय ४ वर्षे स्नातक तह (बीबीएस) प्रथम वर्ष २०७७ को नतिजा बुधबार सार्वजनिक गर्दै सात जना विद्यार्थीलाई २०७८ सालसम्म दुई वर्षको लागि त्रिविबाट सञ्चालिन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गरिएको जनाएको छ । तर कार्यालयले भने कारबाही गरिएको समयसिमा भन्दा एक वर्ष ढिला नतिजा सार्वजनिक गरेको छ ।

सूचनामा भनिएको छ, ‘परीक्षार्थीहरुलाई २०७८ सालसम्म २ वर्षको लागि त्रिवि बाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निस्काशन गरिएको छ।’

कार्यालयले बीबीएस प्रथम वर्ष २०७७ को परीक्षा २०७८ साउन महिनामा सञ्चालन गरेको थियो । पनिकाले संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने विद्यार्थीलाई कारबाही गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?