
काठमाडौँ । नेपाली मूलकी किशोरी परिजिता बाँस्कोटाको सहभागिताले यतिबेला अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’ चर्चामा छ । परिजिता भ्वाइसको अन्तिम १३ मा प्रतिस्पर्धा गरिरहेकी छन् ।
उनलाई यतिबेला विश्वका चर्चित सेलिब्रिटीले ‘इन्डोर्समेन्ट’ गर्ने क्रम जारी छ । नेपालसँग जोडिएका कलाकारले उनको पक्षमा समर्थन गर्ने कुरा त भइहाल्यो, अन्य मुलुकका सेलिब्रिटी समेत परिजिताको पक्षमा खुलेका छन् ।
परिजितालाई बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका गायक पति निक जोनसले पनि समर्थन गरेका छन् । परिजिताप्रति माया दर्शाउँदै प्रियंका र निकले उनले पहिरिएको सारीको प्रशंसा गरेका छन् ।

परिजिताका कोच जोन लिजेन्डसँग प्रियंका र निकले उनको सारी र गायकीको प्रशंसा गरेका हुन् । परिजितालाई जोनले पठाएको टेक्स्ट म्यासेजलाई उनले सार्वजनिक गरेकी छन् ।
यसैबीच, मेरिल्याण्डका गभर्नर ल्यारी होगनले समेत परिजितालाई द भ्वाइस रियालिटी शोमा जितको शुभकामना दिएका छन् । परिजिताले भिडियो सन्देश जारी गर्दै आफूलाई भोट गर्न अपील गरिरहेकी छन् ।
प्रतिक्रिया 4