
९ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।
जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मतमा सीमित भए । एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो ।
लामो समय पश्चात यो क्षेत्रमा एमाले जितेको छ । जुलीलाई २०७० मा पराजित गरी निधि निर्वाचित भएका थिए ।
२०७४ मा यो क्षेत्रबाट तत्कालीन राजपा नेपालका नेता राजेन्द्र महतो जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4