+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अभिभावकको रुपमा जनताको सेवामा सक्रिय हुन्छु : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते ८:३७
नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंह । फाइल तस्वीर

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अभिभावकको रुपमा जनताको सेवामा सक्रिय हुने बताएका छन् ।

काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माविमा आज बिहान आयोजित एक कार्यक्रममा सिंहले, राजनीतिलाई कमाउधन्दाको रुपमा नभई सेवाको रुपमा लिएको भन्दै त्यसकै लागि आफू सक्रिय रहने बताए ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका सिंहले भने, ‘कुनै एउटा दलबाट निर्वाचित भएपनि सबैको गार्जेनको रुपमा काम गर्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझेको छु ।’

उनले शिक्षा, स्वास्थ्य, रोजगारीका समस्या समाधान गर्ने वाचा चुनावमा गरेको भन्दै त्यसलाई पूरा गर्न इमान्दारीपूर्वक सक्रिय रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?